प्रचण्डलाई हरिबोलको सुझाव- जनता तपाईंको पछाडि उभिसकेका छन्, यो अवसरको सदुपयोग गर्नुस् (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको दाबी गरेका छन् ।
राष्ट्रिय कर्मचारी महासङ्घको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामले पार्टीप्रति आकर्षण बढेको बताए ।
उनले कांग्रेस र एमालेको देशलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयास विफल भइसकेको जिकिर गरे ।
प्रचण्डलाई आग्रह गर्दै नेता गजुरेलले भने, ‘पार्टी पंक्ति र जनता तपाईंको पछाडि उभिएका छन् । यो ठूला अवसर हो । विचार र नीतिमा विकास गरेर पार्टीलाई सही टयाकमा अगाडि बढाउने अठोट गर्नुस् । अब छिट्टै २०६४ को अवस्थामा पुग्छौं, २०८४ को निर्वाचन आउनुपर्दैन ।’
उनले पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठकले नयाँ योजनासहित पार्टी अघि बढ्ने बताए ।
दुईचार जना भरौटे मात्र हुन उभिएका ।