दुई देशको तनावकाबीच भारतीय विदेशसचिव ढाकामा – Nepal Press

दुई देशको तनावकाबीच भारतीय विदेशसचिव ढाकामा

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री बङ्गलादेशको राजधानी ढाका अवतरण गरेका छन् ।

मिस्री भारत र बङ्गलादेशको कूटनीतिक तनाव भएकै समयमा ढाका ओर्लिएका हुन । बङ्गलादेशको आन्दोलन पछि शेख हसिना भारत शरण लिन आएपछि दुई देशको तनाव बढेको हो ।

बङ्गलादेशमा हिन्दू माथि भएको दमनको मुद्दामा दुई देशको कूटनीतिक कागज युद्ध नै भएको थियो।

भारतीय प्रधानमन्त्री मोदी र बङ्गलादेशका डी फ्याक्टो प्रधानमन्त्री महोमद युनुसको अहिलेसम्म भेट भएको छैन ।

भारतीय मिडिया एनडीटीभीका अनुसार भेटमा दुई देशको परराष्ट्र सचिव स्तरको बैठक र अन्तरिम सरकारका अधिकारीसँग भेटघाट हुनेछ ।

हिन्दू मन्दिरमा आगजनी र हिन्दू धार्मिक नेता चिन्मोई कृष्ण दाशको पक्राउको समयमा भारतीय विदेश सचिवको भ्रमण भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर