नेपालका लागि इजरायली राजदूत रास्वपा मुख्यालयमा
नेपाल प्रेस
२०८१ मंसिर २४ गते १२:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर राजदूतले उपसभापति अर्यालसँग भेट गरेका हुन् ।
भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
राजदूत बाससँगको भेटमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागी थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर