गण्डकी प्रदेशसभाको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय (भिडिओ) – Nepal Press

गण्डकी प्रदेशसभाको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई बनाउने निर्णय गरेको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए।

कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको केही समयअघि मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर