उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव कांग्रेसद्वारा अनुमोदन
नेपाल प्रेस
२०८१ मंसिर २४ गते ११:३३
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ ।
पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गरेका थिए ।
प्रतिक्रिया