सिरियाली अपदस्थ राष्ट्रपति परिवारसहित मस्को पुगेको खुलासा
काठमाडौं । सिरियाली विद्रोहीले अपदस्थ राष्ट्रपति बसर अल असद चढेको प्लेन खसाएको दाबी फेल खाएको छ ।
असद मस्को पुगेको औपचारिक खुलासा भएसँगै त्यो दाबी प्रपोगाण्डा भएको पाइएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको परिवार मस्को आएका छन् । उनीहरूलाई रुसले शरण दिएको छ ।
असद मस्को आएर उच्च अधिकारी भेटे वा भेटेनन् भन्ने कुनै खुलासा भएको छैन । सिरिया जिहादीको कब्जामा पुगेपछि सिरियाका कूटनीतिक मिसनहरूले जिहादीले राख्दै आएको झन्डा राख्न थालेका छन् ।
राष्ट्रपति असदले देश छोडेर भागे पनि उनका प्रधानमन्त्रीले भने जिहादीलाई औपचारिक सत्ता हस्तान्तरण गरेका समाचार सार्वजनिक भएका थिए ।
असदको २५ वर्षे सत्ता कायम हुँदा सिरिया धर्मनिरपेक्ष देश भएकोमा अब इस्लामिक देश हुने देखिएको छ । यसले अन्य धार्मिक माइनोरिटीलाई तनाव हुने देखिएको छ ।
भियना मिसनहरूमा नेतृत्व गर्ने रुसका कूटनीतिज्ञ मिखाइल इल्यानोभले असद मस्को आएको र रुसले शरण दिएओ पुष्टि गरे । उनले भने, ‘अमेरिकाले जस्तो आफ्ना मित्रलाई गाह्रो समयमा रुसले धोका दिँदैन ।’