भारतलाई हराउँदै बंगलादेशले जित्यो यु-१९ एसिया कपको उपाधि – Nepal Press

भारतलाई हराउँदै बंगलादेशले जित्यो यु-१९ एसिया कपको उपाधि

काठमाडौं । भारतलाई हराउँदै बंगलादेशले युएईमा भएको यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । भर्खरै सकिएको फाइलन खेलमा बंगलादेशले भारतलाई ५९ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर २ बलमा १३९ रनमा समेटियो । भारतका मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए । बंगलादेशका अजिजुल हाकिम तमिम र अजिजुल हाकिम तमिमले ३-३ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा १९८ रन बनाएको थियो । बंगलादेशका रिजन हुसेनले सर्वाधिक ४७ रन बनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *