संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेन : अध्यक्ष दाहाल (भिडिओ) – Nepal Press

संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेन : अध्यक्ष दाहाल (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

आइतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भूमिका प्रभावकारी हुन नसकेको बताएका हुन् ।

उनले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहति उजागर गर्न आवश्यक रहेको बताए । निर्णय गरिएका विषयहरु मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘सदको बैठक बस्दा हामीले निर्णयहरु नराम्रा हामीले गर्दैनौं । कम्तिमा पनि जनाता र देशको हित हुने ढंगले नै हामीले निर्णयहरु गरिरहेका हुन्छौं । नराम्रो निर्णय त हामी गर्दै गर्दैनौं । कति राम्रो गर्छौं त्यो आफ्नो ठाउँमा छ । अनि मिडियाको अगाडि आज हामीले यो निर्णय गर्यौं भनेर नि भन्छौं । मदेखि हामी सबैहरु आफूले गरेको निर्णय मैले आज यति निर्णय गर्नसके यति निर्णय कार्यान्वयन भएका छैनन् भनेर चाहिँ भन्न सक्दैनौं’, उनले भने, ‘संसद प्रभावकारी रुपमा सञ्चालन नहुनुको प्रमुख समस्या यो पनि हो जस्तो मलाई लाग्छ । संसदलाई प्रभावकारी बनाउन गर्नुपर्ने आवश्यक कामहरु हामीले उजागर गर्न नसकेका कामहरु उजागर गरे मात्र सक्छौं । निर्णय गरिएका कुरालाई प्रचारमा लाने कुरालाई भन्दा निर्णय गरेका कुरा व्यवहारमा लागू गर्न नसकेको कारणसहित गर्न नसकेका आँट र हिम्मत हामी सबैमा हुनुपर्दछ भन्ने मलाई लाग्छ । यसो गर्न सकेमात्र संसद संसदको भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ ।’

उनले संसद चलाउने क्रममा भएका गल्तीहरु सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तीहरु नदोहार्याउने प्रतिवद्धता गर्न आवश्यक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर