१८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे (भिडिओ) – Nepal Press

१८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरले १८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यताका कारण संसद सेवा प्रभावकारी हुन नसकेको बताएका छन् ।

आइतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजितक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानूनमै टेकेर संसद चलिरहेको उल्लेख गर्दै उक्त कानूनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए ।

सांसदहरु आफू कानून बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानून निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ । उनले नेपालको संसदीय उपलब्धी र अभ्यासहरु अन्य देशको संसदसँग तुलना गर्न नमिल्ने पनि बताए । संसद सेवालाई थप प्रभावकारी बनाउन कानूनी रुपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

‘१७औँ संसद सेवा दिवसको अवसरमा तुलनात्म रुपमा हेर्ने हो भने संसदलाई प्रभावकारी संसद् सेवामा केही प्रगति गरेका छौं । तर त्यो प्रगति प्रयाप्त छैन अझै धेरै प्रगति गर्नुपर्नेछ । हामीले गरेका उपलब्धीहरुलाई अरु मुलुकको तुलनामा होइन हाम्रै देशको तुलनामा हेर्नुपर्दछ । संसदीय अभ्यास पनि हाम्रै ढंगको परिवेश र परिस्थितिमा हेर्नुपर्दछ । एउटा महत्वपूर्ण कुरा मलाई के लाग्छ ने यो संसद सेवा छुट्टै बनाउने निर्णय गरेर छुट्टै ऐन बाट गाइगेड भएर हामीले १८ वर्षसम्म काम गरिरहँदाखेरि संविधान निर्माण भइसकेको थिएन । देश संघीय प्रणालीमा गइसकेको थिएन । त्यतिबेलै बनाएको कानून समयसापेक्ष बनाएर जानुपर्ने कुरा धेरै महत्वपूर्ण छ । यसमा हाम्रो ध्यान गइरहेको छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर