बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, तीन जना घाइते – Nepal Press

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, तीन जना घाइते

कैलाली । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ।

जिल्लाको बडिमालिका ८ मार्तडीमा भएको स्कारपियो दुर्घटनामा परि कञ्चनपुरकी ३१ वर्षीया गायत्री पन्त र ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाकारी दिएको छ ।

पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्।

घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *