कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित (भिडिओ) – Nepal Press

कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित (भिडिओ)

काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

कोरम नपुगेका कारण बैठक स्थगित गरिएको समिति सभापति अम्वर बहादुर थापाले जानकारी दिए । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो । गणपुरक संख्या नपुगेका कारण स्थगित बैठक सोमबार पुन १ बजे बोलाइएको सभापति थापाले बताए ।

 

२४ सदस्य रहेको समितिको बैठक बस्न १३ जना हुनुपर्ने आवश्यक हुन्छ । बैठकमा सहभागी हुनका लागि शिक्षामन्त्री विद्या भट्टराई पनि समितिमा उपस्थित भएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर