४५ अंकले घट्याे शेयर बजार, २६ सयको विन्दुमा झर्‍यो नेप्से – Nepal Press

४५ अंकले घट्याे शेयर बजार, २६ सयको विन्दुमा झर्‍यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट भएको छ । आज नेप्से ४५.९३ अंकले घटेर २ हजार ६ सय ८९ विन्दुमा बन्द भएको हो ।

आइतबार ७ अर्ब ४६ करोड ३ लाखको कारोबार भएको छ । आजको कारोबारमा २७ कम्पनीको शेयर मूल्य बढ्दा २१४ को घट्यो । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसमध्ये खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३२ करोड ६४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर