गृहजिल्लामा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ३ पहिचानवादी कार्यकर्ता पक्राउ (भिडिओ)
नेपाल प्रेस
२०८१ मंसिर २३ गते १५:११
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् ।
गृहजिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर नेता कार्याकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज र भोलि गृह जिल्लामा बस्दैछन् । प्रधानमन्त्रीलाई लक्षित गरि पहिचान पक्षधरले विरोधका कार्यक्रम तय गरेका छन् ।
दमकमा कालो झन्डा देखाउन खोज्ने केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको छ ।
प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरुले विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया