गाउँ फर्क अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य – Nepal Press

गाउँ फर्क अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारसहितका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरू सहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन्।

उनले ग्रामीण क्षेत्रमा सरकारको ठूलो लगानी भएको क्षेत्र उपलबधीबिहीन हुँदै गएकोले यसमा विशेष ख्याल गर्न आग्रह गरेका थिए ।

तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरू पुर्याइरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले सहर केन्द्रित भएकाहरू अब गाउँ फर्कन जरुरी रहेको सन्देश सबैले दिनुपर्ने बताए ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं २ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि सहर पसेकाहरू अब गाउँ फर्कनुपर्ने बताए । गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरूले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राखे ।

राजनीतिक दलका कार्यकर्ता पनि अव उद्यममा जोडिएर व्यवसायिक बन्नुपर्ने बताए। सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधार गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर