विद्रोही समूह राजधानी कब्जा गर्न अघि बढेपछि सिरियाका राष्ट्रपति भागे
काठमाडौं । लामो समयदेखि गृहयुद्ध झेलिरहेको सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन ।
बीबीसीका अनुसार विद्रोही समूहले देशको उयत्तर,पूर्व र दक्षिण तीन दिशाबाट राजधानी दमास्कस कब्जा गर्न अघि बढेको छ ।
शनिवार राति राजधानीका सडक सुनसान थिए भने राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन ।
अल कायदाका पूर्व कमान्डरले नेतृत्व गरेको हायात ताहिर अल साम र अमेरिकाले सहयोग गरेर बनेको फ्री सिरियन आर्मी नामक लडाकु समूहले सामूहिक आक्रमण गरेर राजधानी कब्जा गरेका हुन ।
राष्ट्रपति बसल अल असदका फौजले युद्ध नलडी छोडेर हिँडेकोले प्रकाश गतिमा विद्रोहीले जित्न सफल भएका हुन ।
बसर अल असद धर्मनिरपेक्ष सत्ताधारी हुन भने विद्रोही इस्लाइमिक जिहादी हुन । सिरिया मात्र नभएर उज्बेकिस्तान देखी तालिवानसम्मका लडाकु जोडिएका समाचार सार्वजनिक भएका छन् ।
विद्रोहीले राजधानी कब्जा गरेको घटनालाई अमेरिका, इजरायल, टर्कीको जित र रुस तथा इरानको हारको रूपमा चित्रित गरिएको छ ।
गत दशक देखी असदलाई हटाउन भएका विद्रोहलाई रुस र इरानले सहयोग गरेर अन्त्य भएका थिए । तर, यो पटक सरकारी सेनाले युद्धै नलडेकोले विद्रोही सफल भएका हुन ।