सिटीको खराब लय कायमै, प्यालेससँग बराबरी – Nepal Press

सिटीको खराब लय कायमै, प्यालेससँग बराबरी

हेटौँडा । रेलिगेसन जोनबाट दुई स्थान मात्र माथि रहेको क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको उपाधि रक्षा अभियान थप संकटमा परेको छ ।

इङ्लिस प्रिमियर लिग (इपिएल) को शनिवार रातिको खेलमा प्यालेससँग हारबाट जोगिएर सिटीले एक अङ्क भने हासिल गर्न सफल बन्यो ।

खेलको चौथो मिनेटमानै प्यालेसका ड्यानियल मुनोजले गोल गर्दै सिटिलाई १-० ले पछि पारेका थिए । तर ३० औँ मिनेटमा हाल्यान्डले गोल गर्दै टिमलाई १-१ को बराबरीमा ल्याए ।

खेलको ५६ औँ मिनेटमा प्यालेसले पुन आफ्नो अग्रता बढायो । लारोक्सले गोल गरेपछि सिटी पुन २-१ ले पछि परेको थियो तर लेविसले गोल गर्दै सिटीलाई हारबाट जोगाए ।

बराबरीपछि सिटी १५ खेलबाट २७ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । प्यालेस भने समान खेलबाट १५ अङ्क सहित १६ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *