अनामनगरमा सञ्चालनमा आयो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर
काठमाडौं । काठमाडौंको अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पूर्ण उपचारका लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्रप्रसाद भण्डारीले उद्घाटन गरेका हुन् ।
अर्थो–डेन्टिस्ट डा. सीता सापकोटा खरेलले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको लागि सम्पूर्ण दाँतसम्बन्धी उपचार हुने स्थानको रुपमा सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन् ।
उनका अनुसार यहाँ दाँतसम्बन्धी समस्याको भरपर्दो विशेषज्ञबाट उपचार हुनेछ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरबाट गुणस्तरीय सेवासँगै उद्घाटनको अवसरमा आउँदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइनेछ ।
सञ्चालक डा. सापकोटाले विस्तारै काठमाडौंका अन्य स्थानमा समेत शाखा खेल्ने योजना रहेको बताइन् । यहाँ दैनिक रुपमा दन्त रोग विशेषज्ञबाट दन्त परीक्षण तथा उपचार, गिजा सुन्निएको, स्वास गन्हाउने, गिजाबाट रगत आउने तथा दन्त हर्षको समेत उपचार हुने उनले बताइन् ।
डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुखेको दाँत तलैबाट निकाल्ने जस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डा. सापकोटाले बताइन् ।