सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने – Nepal Press

सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३ मे १० का घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबार जारी गरेको कारण सूचीअनुसार न्यायाधीश अमिनुद्दिन खानको नेतृत्वमा रहेको सात सदस्यीय संवैधानिक इजलासले मुद्दाको अध्यक्षता गर्नेछ ।

याचिका दुई महत्त्वपूर्ण घटनाहरूको छानबिन गर्न न्यायिक आयोगहरूको लागि इमरान खानको मागसँग जोडिएको छ ।

बिहीबार पूर्वप्रधानमन्त्रीले आफ्नो आयोगको स्थापनाबारे पोष्ट गरेका थिए ।

सरकारसँग संलग्न हुन गठित वार्ता टोलीमा ओमर अयुब खान, अली अमिन गण्डापुर, साहिबजादा हमिद रजा, सलमान अक्रम राजा र असद कैसर रहेका छन् ।

शुक्रबार इमरानले यस विषयमा आफ्ना मागहरू दोहो¥याउँदै भने, ‘हाम्रा दुइटा माग छन् । घटनाहरूको स्वतन्त्र अनुसन्धान गर्न सर्वोच्च अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीशहरूको नेतृत्वमा आयोग गठन गर्नुपर्छ । अन्यायपूर्वक थुनिएका राजनीतिक बन्दीहरूलाई रिहा गरिनुपर्छ ।’

इमरानले यी मागहरू पूरा नभएमा पीटीआईद्वारा ‘नागरिक अवज्ञा, रेमिट्यान्समा कमी र बहिष्कार आन्दोलन’ सुरु गर्ने चेतावनी दिए ।

यस मुद्दाको अतिरिक्त फेब्रुअरीको आमचुनावमा धाँधली भएको आरोप लगाउँदै पीटीआईका संस्थापकले दायर गरेको छुट्टै याचिकामा डिसेम्बर ११ मा अर्को सुनुवाइ हुनेछ । -रासस/एएनआई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर