न्यायालयलाई स्वच्छ बनाउन सबै जिम्मेवार हुनुपर्छ: प्रधानन्यायाधीश राउत (भिडिओ) – Nepal Press

न्यायालयलाई स्वच्छ बनाउन सबै जिम्मेवार हुनुपर्छ: प्रधानन्यायाधीश राउत (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई गरिमामय र स्वच्छ बनाउन सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले शनिबार काठमाडौंमा आयोजना गरेको वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले गरिमामय वा स्वच्छ न्यायालयले त्याग, समर्पण, गहिरो अध्ययनलगायतको माग गर्ने भएकाले त्यसका लागि सबै तयार हुनुपर्ने बताए ।

 

न्यायालयलाई गरिमामय र स्वच्छ बनाउन आफू तयार रहेको भन्दै उनले त्यसैका लागि सुधारका धेरै प्रयास थालिएको जानकारी दिए ।

प्रधानन्यायाधीश राउतले टिक्दै नटिक्ने मुद्दाहरुमा वरिष्ठ अधिवक्ताको उपस्थिति देखिए छवि र स्तर प्रस्ट देखिने भएकाले सजक हुन सुझाव दिए ।

अदालतमा पुग्नै नहुने मुद्दा पुग्दा वरिष्ठ अधिवक्ताको छविका साथै अदालतको समय पनि बर्बाद हुने उनको भनाइ छ ।

न्यायालयलाई स्वच्छ बनाउने काममा हातेमालो गर्न उनले वरिष्ठ अधिवक्ताको उपाधि पाएकाहरुलाई आग्रह गरे । वरिष्ठ अधिवक्ताको जिम्मेवारी सबैका लागि अनुकरणीय हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर