भारतद्वारा युरोपेली उपग्रह बोक्ने रकेट सफलतापूर्वक प्रक्षेपण
नयाँ दिल्ली । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा- ३ उपग्रहहरू बोकेको पीएसएलभी- ५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो । यसले अन्तरिक्ष विभाग (डीओएस)को प्रमुख अनुसन्धान र विकास शाखाको रूपमा काम गर्दछ । एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणालीहरू सञ्चालन गर्दछ । हालसम्म यसले चन्द्रमामा तीन वटा र मंगल ग्रहमा एउटा मिशन पठाएको छ ।
उक्त प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो ।
पीएसएलभी रकेटमा रहेको प्रोबा- ३ मिसनका दुई उपग्रह प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएको इसरोले सामाजिक सञ्जालमा उल्लेख गरेको छ । –रासस/सिन्ह्वा