निर्माण व्यवसायीको भुक्तानी अर्थ मन्त्रालयमा निर्भर हुन्छ: महानिर्देशक पोखरेल – Nepal Press

निर्माण व्यवसायीको भुक्तानी अर्थ मन्त्रालयमा निर्भर हुन्छ: महानिर्देशक पोखरेल

काठमाडौं । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले प्राथमिकताका आधारमा निर्माण व्यवसायीको भुक्तानी गरिने बताए । अर्थ मन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी पाउने उनले बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा शनिबार गरेको ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘अर्थमन्त्रीज्यूले भोलि (आइतबार) नै भुक्तानी लिन आउनु भन्नुभयो । अब विभागमा भुक्तानी लिन आउनेको लाइन लाग्ने होला, तर यो अर्थ मन्त्रालयमै निर्भर हुन्छ । हामीले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं’, उनले भने, ‘अर्थ मन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी पाउने अवस्था रहन्छ ।’

बुटवल-नारायणघाट सडक खण्डका कारण विभागलाई समस्या भइरहेको उनले बताए ।

फकाएर भए पनि पुरानो निर्माण व्यवसायीलाई काम गर्न लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

ठेक्का तोडेर काम गर्दा विभिन्न समस्या आउनसक्ने भन्दै उनले त्यसले लागत र समय पनि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *