रोहन मुस्तफाले एनपीएलका बाँकी खेल नखेल्ने – Nepal Press

रोहन मुस्तफाले एनपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं । यूएईका अलराउन्डर रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन् ।

सुदूरपश्चिम रोयल्समा अनुबन्धित रोहनले आगामी खेल नखेल्ने रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।

‘पारिवारिक समस्याले म घर जान्छु भनेपछि उहाँ (मुस्तफा)लाई हामीले बिदा गरेका हौं । उहाँको ठाउँमा अर्को खेलाडी लिइसकेका छौं । घर गएर फर्किने समय हुँदैन भन्नुभएको छ । उहाँ आउनुहुन्न’, उनले भने ।

मुस्तफाले सुदूरपश्चिमबाट एक खेल खेलेका थिए । काठमाडौं गुर्खाजविरुद्ध उनी ७ बलमा ४ रन बनाएर आउट भएका थिए । बलिङतर्फ एक ओभर खेल्दै ८ रन खर्चेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *