सुदूरपश्चिमले एनपीएलको उपाधि जिते एक लाख पुरस्कार दिने लम्कीचुहा नपाको घोषणा
नेपाल प्रेस
२०८१ मंसिर २२ गते १७:४६
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जिते एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
नगरपालिकाकी मेयर सुशीला शाहीले शनिबार विज्ञप्ति जारी गर्दै एनपीएलको उपाधि सुदूरपश्चिमले जिते एक लाख पुरस्कार दिने घोषणा गरेकी हुन् ।
दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिमले खेलेका ३ खेलमै जीत निकाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
पुस ६ सम्म चल्ने प्रतियोगितामा ८ फेन्चाइज टोली सहभागी छन् । सुदूरपश्चिमले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएलमा सहभागिता जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर