गगनलाई देउवाको व्यंग्य- बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरुलाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई बढी बोल्नेले आफैंलाई सिध्याउने भन्दै व्यंग्य गरेका छन् । कोशी प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले कम बोल्नेले अरुलाई सिध्याउन सक्ने बताए ।
‘हाम्रो महामन्त्रीजीले धेरै कुरा भनिसक्नुभएको छ, तर एउटा कुरा भन्छु है’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरुलाई सिध्याउँछ ।’
सभापति देउवा बोल्नुअघि महामन्त्री थापाले लामो भाषण गरेका थिए ।
देउवाले राजनीतिक स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाएको पनि बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पनि महत्वपूर्ण सम्झौता भएको उनले सुनाए ।
उनले पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर बढ्न आग्रह पनि गरे ।