शेखरलाई प्रश्न- तपाईं सभापति उठ्ने भएपछि गगन थापाको स्थान कहाँ हुन्छ ? – Nepal Press

शेखरलाई प्रश्न- तपाईं सभापति उठ्ने भएपछि गगन थापाको स्थान कहाँ हुन्छ ?

कोशी सम्मेलन बहिष्कार नगरेको दाबी, केन्द्रीय कार्यालयको विज्ञप्तिप्रति आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले कोशी प्रदेशका पालिका सभापतिहरुको भेला राख्दा केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आज कोशी प्रदेश सम्मेलन आफूले बहिष्कार नगरेको बताए ।

उनले भने, ‘बहिष्कार भन्ने कुरा होइन । धेरै पहिले पालिका सभापतिहरुको कार्यक्रम गर्ने कुरा भएको थियो । पछि मिलेर गर्ने भनिएको थियो, तर पछि केन्द्रीय कार्यालयले एउटा विज्ञप्ति निकाल्यो, आधिकारिक होइन वैधानिक होइन भनेर । कांग्रेसमा वैधानिक र आधिकारिक भन्ने कुरा के हो ?’

उनले पार्टी नेतृत्वलाई कांग्रेस पनि एमाले जस्तो ओलीजीले जे भन्यो, त्यही मान्नुपर्ने पार्टी जस्तै हो भन्दै प्रश्न गरे ।

नेता कोइरालालले थपे, ‘मलाई त्यो वक्तव्यसँग चित्त दुःखेको हो, तर यहाँ आउने भन्ने कुरा त मेरो पूर्वनिर्धारित हो । हाम्रो भेलामा १३७ मध्ये ११३ आउनुभएको थियो । राम्रो कार्यक्रम भयो । त्यस्तो वक्तव्य आउन हुँदैनथ्यो ।’

उनले आफू र महामन्त्री गगन थापाबीच कुनै खटपट नभएको जिकिर गरे ।

तपाईं पनि सभापतिमा उठ्ने र गगन पनि उठ्ने भएपछि कसरी कुरा मिल्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे, ‘म उठ्दैछु क्लियर छ । गगनजी उठ्नुहुन्छ हुन्न उहाँको कुरा हो । उहाँलाई सोध्नुस् । कुनै खटपट छैन । कुरा गरौंला नि, मिलिहाल्छ नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर