प्रचण्डको आरोप- ओलीलाई संघीयता र संविधान मन नपरेर विथोल्नतिर लागेका छन् (भिडिओ) – Nepal Press

प्रचण्डको आरोप- ओलीलाई संघीयता र संविधान मन नपरेर विथोल्नतिर लागेका छन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई इमानदारीका साथ कार्यान्वयन गर्न सरकारले चासो नदेखाएको बताएका छन् ।

माओवादी केन्द्र र नेसपा निकट शिक्षक संगठनबीच एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता, समावेशी र गणतन्त्र मन नपरेको बताए ।

 

उनले भने, ‘संविधान बनाउने बेलामा नै अहिले सरकारको नेतृत्वमा भएका साथीहरुले हामीलाई त यो समावेशी पनि मन परेको होइन । संघीयता मन परेको पनि होइन । अहिले नै गणतन्त्र पनि आइहालोस् भनेको पनि होइन । माओवादीले आँधीहुरी ल्यायो, बाध्य भइएर समर्थन गरियो भन्ने मान्छे अहिले प्रधानमन्त्री भए पनि अहिले उहाँको दिमागमा लागू गर्नेतिर त छैन । यसलाई के गरी भाँच्ने, के गरी विथोल्ने भन्ने हुने नै भयो ।’

प्रचण्डले यो उपलब्धिका पक्षधरहरु एकजुट भएर सकारात्मक पहल गर्नुपर्ने बताए ।

उनले शिक्षकहरुको मागप्रति आफू सकारात्मक रहेको भन्दै विधेयक ल्याउने बेलामा सरकारले पहल नगरे र शिक्षकहरुको आन्दोलनमा आफ्नो साथ रहने बताए ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डको आरोप- ओलीलाई संघीयता र संविधान मन नपरेर विथोल्नतिर लागेका छन् (भिडिओ)

  1. दिल्लीको दलाल र सुन तस्करहरू ओलिजस्तो महान नेतालाई जे पायो त्यहि नभन । अहिले यो देश बचेकै ओलि र एमालेले गर्दा हो । अरू त इमान जमान बेचेका दलाल हुन् ।

  2. र यो बिआरआईमा हस्ताक्षर गरेको भनेर भारतले प्रचण्डको मुखबाट ओलिलाई गालि गरेको पनि हो । परराष्ट्र मन्त्री हुँदा नारायणकाजिले तयार पारेको बिआरआई कार्यान्वयन सम्झौता रोक्ने प्रचण्ड नै हो । यतिधेरै घटनाहरूले स्पष्ट पारिसके कि प्रचण्ड भनेका भारतका सेवक हुन भनेर । अब पनि यस्ताको पछि लाग्ने नेपाली जनताले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर