माओवादी र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा – Nepal Press

माओवादी र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा

 

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौंमा एकता घोषणा गरिएको हो।

यो सङ्गै डा। बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन्।

बाबुरामबाट अलग भएर नेसपाको महेन्द्रराय यादव पक्ष माओवादीसँग पार्टी पनि एकता गर्दैछ।


प्रतिक्रिया

One thought on “माओवादी र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा

  1. नेसपामा नेता बाँकी भनेकै बाबुराम र हिसिला हुन् । अनि तिनको पनि शिक्षक संगठन छ र ? प्रचण्डको के हल्ला हो यो ? यो सहि गर्ने पनि भाडाको हो जस्तो लाग्यो । प्रचण्डका यस्ता नक्कलि र वाहियात कुराको पछि नलागौं अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर