थिम्पु पुगेर भुटानी राजाले नेपालको ‘न्यानो सत्कार’लाई दिए धन्यवाद – Nepal Press

थिम्पु पुगेर भुटानी राजाले नेपालको ‘न्यानो सत्कार’लाई दिए धन्यवाद

काठमाडौं । हिजो काठमाडौं आएर हिजै भुटान फर्केका भुटानी राजाले नेपाललाई धन्यवाद दिएका छन् ।

‘नेपालको न्यानो सत्कार’को लागि राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुकले धन्यवाद दिएका छन् ।

सामाजिक सन्जालमा राजाको नामबाट सार्वजनिक भएको पोस्टमा अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले स्वागत गरेकोदेखि स्वयम्भू र बौद्दनाथको पनि तारिफ गरिएको छ ।

स्वयम्भूलाई सबैभन्दा पुरानामा एक ऐतिहासिक स्थल भएको भनिएको छ । यस्तै बाैद्धनाथलाई गुरु रिम्पोछेले ध्यान गरेको जाङ्चुब छोर्तेनको नामले पनि चिनिने राजाले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर