चीनबाट फर्केपछि झलनाथको प्रश्न- बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न यत्रो नाटक किन गरेको ? (भिडिओ) – Nepal Press

चीनबाट फर्केपछि झलनाथको प्रश्न- बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न यत्रो नाटक किन गरेको ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्।

चीन भ्रमणबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै छिमेकी देशहरुसँग केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्योरु छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन। संसारसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छरु यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम हो निरु छिमेकीहरुसँग यो प्रकारको लापरवाही गर्न हुँदैनथ्यो। तर, धेरै पटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ। यो चाहिँ खुसीको कुरा हो।’

उनले बीआरआई अगाडि बढाउन नेपालले ढिलाइ गरेकोप्रति चिनियाँ पक्षले आफूसँग पनि चासोपूर्वक कुरा गरेको बताए।


प्रतिक्रिया

2 thoughts on “चीनबाट फर्केपछि झलनाथको प्रश्न- बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न यत्रो नाटक किन गरेको ? (भिडिओ)

  1. अनुदान भनेर भट्टाएर बसेको काँग्रेसलाई रणनीतिक हिसावले मुण्टाउन तिमीजस्ताले भनेकोजस्तो पहिले नै तयारी भनेर हल्ला गरेर हुन्छ ? तयारी भित्रभित्र थियो । र त काँग्रेसलाई समर्थन गरौं कि विरोध भन्ने ठाउँमा पुर्याएर बिआरआई सहि पनि भयो । मुख्य कुरा अब कार्यान्वयन हो । त्यसलाई द्रुत गतिमा अघि बढाउ ओलि । अनुदान र सफ्ट लोनमा जोड देउ । स्याफ्रु रसुवागढी सडकलाई चीनले छुट्टाएको पैसाको कामै हुन पाएको छैन किनकी त्याहा मुआव्जाको विवाद समाधान नै नगरिदिने प्रचण्ड र ओलि हुन् । अब ओलिले त्याहाको समस्या छिटो हटाएर त्यो बाटो बनाईदेउ भनौं ।अवरोध नहटाईदिने आफू अनि अरूले नबनाईदिएको भनेर भन्ने प्रकाशशरण महत जस्तालाई अब ठिक गर्न पनि अवरोध हटाईदेउ ।भारतले बनाउदै गरेको अरूण आयोजनाको अवरोध रातारात हटाईदिने प्रचण्ड स्याफ्रुवेसीको अवरोध हटाउन होईन बल्झाउन लागे । यहि हो भारतको दलाली भनेको ।

    1. प्रचण्ड र प्रकाशशरण हुनुपर्नेमा प्रचण्ड र ओलि भएकाले सच्चयाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर