प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक – Nepal Press

प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । २५ गते पार्टी कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचानको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक कार्यक्रमबारे छलफल गर्नको लागि बैठक बस्न लागेको उनले बताए ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनको समीक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक

  1. ओलिले चीनसँग गरेको बिआरआई सम्झौता नेपालको लागि त दूरगामी महत्वको छदैछ यसले काँग्रेसलाई साईजमा ल्याउन पनि सहयोग गरेको छ । अनुदानभन्दा अरू शब्द लेखेर सम्झौता नै नगर सम्म भनेर भारतभक्ति देखाएको काँग्रेसलाई ओलिले एडभन्ने शब्द राखेर देखाईदिए त । अमेरिकन भक्त गगन र अन्य भारतभक्तहरू के नाप्छौ नाप। फटाफट आयोजना बनाएर भारतसँगको निर्भरता हटाउ ।त्यसपछि १९५० को असमान सन्धी खारेज गर एकतर्फी रूपमा भए पनि । त्यसपछि नयाँ सन्धी गर पासपोर्ट चाहिने गरेर ।सम्झौतामा उल्लेख भएका १० आयोजनामध्ये झापा र डडेलधुरामा बनाउने भनेका चीनले सदभावस्वरूप बनाईदिन लागेका आयोजना हुन् । तिनलाई पाए अनुदानमा बनाउ नभए नबनाए पनि हुन्छ । बाँकी आयोजना त सफ्ट ऋण नै लिएर भए पनि बनाउनुपर्छ । त्यतिमात्र नभएर विश्व बैंक एडिबिबाट सफ्ट लोन लिएर चीनलाई पनि अनुदान हाल्न लगाएर पनि त बनाउन सकिन्छ नि । विद्युत प्रसारण लाईन अनुदानमा बनाईदेउ भनेर चीनलाई भन्न त लाज मान्नु पर्ला नि । बिजुली हाम्रो बेच्ने अनि प्रसारण लाईन चाहिँ अनुदानमा बनाईदेउ भन्ने ? लाज नभएको नकचरो भन्दैनन ? टोखा छहरे त हाम्रो सडकको लागत घटाउन चाहिने हो नि । अनि किन अनुदान मात्र ? आयोजना अनुसारका डिलिङ गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर