पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर – Nepal Press

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ ।

यस अघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो ।

यस्तै उम्मेदवारमाथीको दाबी विरोधको समय पनि बढाइएको छ । यस अघि शुक्रबार साँझ ७ बजेसम्म मात्रै दाबी विरोधको समय तोकिएकोमा संशोधित कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि दाबी बिरोधको समय तोकिएको छ ।

यस्तै उम्मेदवारको मनोयन फिर्ता लिने समय एक घण्टा बढाइएको छ । यस अघि शनिबार बिहान १० बजेसम्म फिर्ता लिने समय रहेकोमा शनिबार बिहान ११ बजेसम्म थपिएको छ ।

यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि आधा घण्टा ढिलो हुने भएको छ । यस अघि शनिबार बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा आधा घण्टा बढाएर साढे ११ बजे सारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *