कीर्तिमानले भरिएको जितपछि सोल्टी होटलमा पोखरा एभेन्जर्सको सेलिब्रेसन – Nepal Press

कीर्तिमानले भरिएको जितपछि सोल्टी होटलमा पोखरा एभेन्जर्सको सेलिब्रेसन

काठमाडौं । एनपीएलमा दुई म्याच लगातार हारेर दवावमा परेको पोखरा एभेन्जर्सले आज पहिलो जित दर्ता गर्यो । लुम्बिनी लायन्सलाई १० विकेटको कीर्तिमानी जित हासिल गरेसँगै टीममा आत्मविश्वास फर्किएको छ ।

आजको खेलमा पोखरा एभेन्जर्सका ओपनिङ जोडी एन्ड्«यू गाउस र दिनेश खरेलले १७१ रनको लक्ष्यसम्म पुर्याएका थिए । एनपीएलका पहिलो १० विकेटको जित र पहिलो शतकको कीर्तिमान पोखराले राखेको छ ।

यही खुशीमा खेलपछि टीमले सेलिब्रेसन गर्यो ।

पोखराको टोली बसिरहेको होटल सोल्टीमा केक काटेर खुशीयाली मनाइएको हो । शतकधारी ब्याट्सम्यान गाउस र अर्धशतक बनाएका खरेललाई टीम मालिकहरुले खादा लगाइदिएर सम्मान गरे ।

समारोहमा पोखरा एभेन्जरका केही समर्थकहरु पनि सहभागी थिए । उनीहरुले एभेन्जर्सको नाममा हुटिङ गरे ।


प्रतिक्रिया

One thought on “कीर्तिमानले भरिएको जितपछि सोल्टी होटलमा पोखरा एभेन्जर्सको सेलिब्रेसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *