कीर्तिमानले भरिएको जितपछि सोल्टी होटलमा पोखरा एभेन्जर्सको सेलिब्रेसन
काठमाडौं । एनपीएलमा दुई म्याच लगातार हारेर दवावमा परेको पोखरा एभेन्जर्सले आज पहिलो जित दर्ता गर्यो । लुम्बिनी लायन्सलाई १० विकेटको कीर्तिमानी जित हासिल गरेसँगै टीममा आत्मविश्वास फर्किएको छ ।
आजको खेलमा पोखरा एभेन्जर्सका ओपनिङ जोडी एन्ड्«यू गाउस र दिनेश खरेलले १७१ रनको लक्ष्यसम्म पुर्याएका थिए । एनपीएलका पहिलो १० विकेटको जित र पहिलो शतकको कीर्तिमान पोखराले राखेको छ ।
यही खुशीमा खेलपछि टीमले सेलिब्रेसन गर्यो ।
पोखराको टोली बसिरहेको होटल सोल्टीमा केक काटेर खुशीयाली मनाइएको हो । शतकधारी ब्याट्सम्यान गाउस र अर्धशतक बनाएका खरेललाई टीम मालिकहरुले खादा लगाइदिएर सम्मान गरे ।
समारोहमा पोखरा एभेन्जरका केही समर्थकहरु पनि सहभागी थिए । उनीहरुले एभेन्जर्सको नाममा हुटिङ गरे ।
Congratulations Team Pokhara Evengers🎊🎈🎉
Wishing you all the best!👏