गगन-विश्वलाई सुदेशको चुनौती: धनराजमाथि अनुसन्धान गर भन्ने निर्णय पार्टीबाट गराउन सक्नुहुन्छ ? – Nepal Press

गगन-विश्वलाई सुदेशको चुनौती: धनराजमाथि अनुसन्धान गर भन्ने निर्णय पार्टीबाट गराउन सक्नुहुन्छ ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले कांग्रेसलाई सहकारी ठगीमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गराउने निर्णय गरेर देखाउन चुनौती दिएका छन्।

उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई गुरुङको छेउमा बसेर सहकारीको निष्पक्ष छानविन होस् भन्ने आँट राख्नेहुन्छ ? भन्दै प्रश्न गरे।

उनले भने, ‘रवि लामिछानेलाई अनुसन्धान गर्दा जिल्ला जिल्लामा पक्राउ पुर्जी जारी गर्दा बयान लिँदा जनताको आक्रोश होइन र छैन पनि सवाल रवि लामिछानेभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्तिहरु सरकार सञ्चालन गर्ने गठबन्धनभित्रका दलका नेताहरु छन्। तिनिहरु अनुसन्धानको घेरा बाहिर छन् भन्ने हो। त्यस्ता व्यक्तीहरुलाई अनुसन्धानको दायरामा नल्याएको कारणले जनतामा ठुलो आक्रोश र प्रश्न छ।

उनले अनुसन्धानको सुई सत्ता गठबन्धनतिर केन्द्रित गर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर