सेन्सेईको नयाँ वासिङ मेसिन नेपाली बजारमा
नेपाल प्रेस
२०८१ मंसिर २१ गते १६:३९
काठमाडौं । सेन्सेईले अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। सीजीले सेन्सेईको फ्रन्ट लोड वासिङ मेसिन बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार सेन्सेईको यस वासिङ मेसिनमा कपडा सफा गर्न प्रभावकारी पावर सिस्टम प्रविधि, ऊर्जा बचत गर्न इन्भर्टर, १० वर्षको वारेन्टी, कपडाको दाग हटाउन स्टेन ट्रिटमेन्ट, १५ मिनेटको वासिङ फिचर र ८ किलोको क्षमताजस्ता विशेषता छ ।
कम्पनीका अनुसार वाशिङ मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टि.भी , फ्रिजहरू पनि बजारमा उपलब्ध छन् ।
सेन्सेईको उक्त वासिङ मेसिन देशभरका आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर