लुुम्बिनीविरुद्ध पोखरा एभेन्जर्सकाे शानदार सुरुवात

२०८१ मंसिर २१ गते १५:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले उत्कृष्ट सुरुवात गरेको छ ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले पहिलो पावर प्लेको खेल सकिँदा ८० रन बनाएको छ ।
पोखराका ओपनर आन्द्रेस गौस १९ बलमा ४६ र दीपेश खरेल १७ बलमा २६ रन बनाएर खेलिरहेका छन् ।
पोखराले सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर