प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख एजेण्डा लिएर जनतामा जान्छौँ : सांसद सापकोटा – Nepal Press

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख एजेण्डा लिएर जनतामा जान्छौँ : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अग्रगमनको लागि संविधान संशोधन गर्न माओवादी तयार रहेको बताए।

उनले भने, ‘उहाँहरुले संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि मिलेका हौँ भन्नुभएको छ। तर, अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै विषयमा छलफल भएको छैन। हामीले संशोधन संशोधन अग्रगमनको सर्तमा तयार छौँ भनिरहेकै छौँ। पछाडि फर्किने, प्राप्त अधिकार खोस्ने सर्तमा तयार छैनौँ। अस्थिरताको मुख्य जड नै निर्वाचन प्रणाली हो, त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रमुख मुद्दाको एजेण्डा बनाएका छौँ। राजनीतिक दलहरुबीच सहमति नभए हामी जनताको बीचमा जान्छौं।’

माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको भन्दै प्राप्त भइरहेका अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर