बुढानीलकण्ठमा बस्ने गरी कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८१ मंसिर २१ गते १३:१५

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
मंसिर २४ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतको विषयमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर