बौद्धनाथमा भुटानी नरेश (तस्बिरहरु / भिडिओ)

२०८१ मंसिर २१ गते १३:०१

काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन तथा पूजा गरेका छन् ।
आजै विहान नेपाल आइपुगेका नरेशललाई बौद्धनाथमा भिक्षू र स्थानीयले स्वागत गरेका थिए ।
यसअघि उनले स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका थिए ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए ।
करिब आधा घण्टा त्यहाँ रहेको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे ।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर