रविलाई भेटेपछि बाबुरामले भने- राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ (भिडिओ) – Nepal Press

रविलाई भेटेपछि बाबुरामले भने- राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ (भिडिओ)

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा।भट्टराईले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको समेत बताए ।

‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु,’ उनले भने ।


प्रतिक्रिया

2 thoughts on “रविलाई भेटेपछि बाबुरामले भने- राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर