भुटानी राजा काठमाडौंमा,परराष्ट्रमन्त्रीद्वारा विमानस्थलमा स्वागत (भिडिओ)
नेपाल प्रेस
२०८१ मंसिर २१ गते १०:४३
काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।
उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।
भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । औपचारिक भेटवार्ताको तालिका भने सार्वजनिक भएको छैन । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनले फर्किने क्रममा काठमाडौंमा भ्रमण गरेका हुन् ।
उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर