घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो – Nepal Press

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर