युरोपेली नेताहरू मलाई देख्दा भाग्छन्- रुसी विदेशमन्त्री ल्याभ्रोब
काठमाडौं । रुसी विदेशमन्त्री सेर्गी ल्याभ्रोबले आफूलाई देख्दा युरोपेली नेताहरू भाग्ने बताएका छन् ।
मस्को पुगेका ट्रम्प पक्षधर चर्चित अमेरिकी पत्रकार टकर कार्लसनसँग अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका छन् ।
हालसालै ब्राजिलमा भएको जी२० बैठकमा आफूलाई देख्ने युरोपेली नेताहरू भागेको उनले बताए ।
भने, ‘उनीहरु हुर्केका जस्ता नभएर केटाकेटी जस्ता छन्।’
आफूले युक्रेन युद्धपछि अमेरिकी विदेशमन्त्री एन्थोली ब्लिन्कनसँग भेट्दाको पनि रोचक किस्सा सुनाए उनले ।
भने, ‘मैले तपाईँहरू रुसको रणनीतिक हार चाहनुहुन्छ भन्दा ब्लिन्कनले होइन होइन ,त्यो युक्रेनमा मात्र हो । विश्वभर होइन भने ।’
यस्तै उनले युक्रेनका रुसमा गाभिएका भूमिहरूका जनताले जनमत सङ्ग्रह गरेर गाभिएको भन्दै युक्रेनमा फिर्ताको सम्भावना नभएको बताए ।