३५ किलो गाँजासहित अटो नियन्त्रणमा
नेपाल प्रेस
२०८१ मंसिर २१ गते १०:०९
सुनसरी । सशस्त्र प्रहरीले गाँजासहितको अटो नियन्त्रणमा लिएको छ ।
सुनसरी जिल्लाको बर्जू गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको बताइएको छ ।
विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले गाँजा फेला पारेपछि अटो नियन्त्रणमा लिएको हो ।
अटोरिक्साका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ अटो सोही ठाउँमा छाडी फरार भएका थिए ।
नियन्त्रणमा लिइएको अटो र गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर