एनपीएल : कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा भिड्दै
नेपाल प्रेस
२०८१ मंसिर २१ गते ७:३२
काठमाडौं । नेपाल प्रिमियर लिगमा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन् ।
कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।
पोखरा र कर्णाली दुवै पहिलो जितको खोजीमा हुनेछन्।
चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ।
लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर