नेपाल फुड्सलाई ‘नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस्’ को उपाधि – Nepal Press

नेपाल फुड्सलाई ‘नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस्’ को उपाधि

काठमाडौं । नेपाल फुड्सले ‘नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४’ को उपाधि पाएको छ । लन्डनमा आयोजित एक कार्यक्रममा नेपाल फुड्सले उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको हो ।

नेपाल फुड्सका निर्देशक विकास नेपालका अनुसार बेलायतको खाद्य उद्योगमा उत्कृष्ट योगदान पुर्याउने कम्पनीलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । अवार्डले खाद्य उद्योगको प्रतिष्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको छ ।

अवार्डले नेपाल फुड्सको प्रमाणिकता, गुणस्तर र नवप्रवर्तनका लागि नेपाली स्वादलाई विश्वव्यापी दर्शकमाझ पुरयाउने प्रतिवद्धतालाई उजागर गरेको नेपाल फुड्सले जनाएको छ । नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफ्नो स्थान सुदृढ बनाएको उनको भनाई छ ।

उनले सन् २०१८ मा ‘नेपाल फुड्स‘ को स्थापना गरेका थिए । नेपाली भान्सामा चाहिने, दाल, चामल, बेसार , मसला , चिया पत्ती, जस्ता दैनिक उपभोग्य सामाग्रीहरु आफै प्रशोधन तथा उत्पादन गर्न थालेका हाल उनले नेपाल फुड्स मार्फत ३०० भन्दा बढी उपभोग्य सामानहरू उत्पादन गर्छन् ।

काठमाडौंको ताहचलमा उनले आफ्नो फ्याक्ट्री स्थापना गरेका छन । विश्वका अन्य मुलुकमा नेपालबाट आयात गर्न प्रतिबन्ध लगाइएको वस्तुहरू भने उनले लन्डनमै उत्पादन गर्छन् । नेपाल फुड्सको सुरुवात नेपालमा उत्पादन र लन्डनलाई प्रमुख व्यापारिक केन्द्र बनाउने लक्ष्यका साथ भए पनि अहिले नेपाल फुड्स लन्डनमा मात्र सीमित नरहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *