लाइभ क्रिकेट म्याचको मज्जा ४ के मा, सामसङको नयाँ टिभी अफरको साथ – Nepal Press

लाइभ क्रिकेट म्याचको मज्जा ४ के मा, सामसङको नयाँ टिभी अफरको साथ

काठमाडाैं । नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन क्रिकेट फ्यानहरूले आफ्नो मनपर्ने टोलीहरूको समर्थनमा स्टेडियममा चीएर गरिरहेका छन् भने धेरैले आफ्नो घरबाटै लाइभ हेरिरहेका छन् ।

अब, घरमै हेरिरहेका दर्शकहरूको लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सामसङ नेपालले आफ्नो नवीनतम टिभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ ।

यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ । ग्राहकहरूलाई १२ महिनाको अवधिमा शून्य ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ ।

यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् ।

एक्सचेन्ज पार्टनर www.arkostore.com (आर्कोस्टोर) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ ।

१६ पुष, २०८१ सम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *