कर्णाली याक्सको टीमसँग शिखरले मनाए जन्मदिन – Nepal Press

कर्णाली याक्सको टीमसँग शिखरले मनाए जन्मदिन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेटर शिखर धावनले आज आफ्नो ३९ औं जन्मदिन मनाएका छन् ।

उनले कर्णाली यक्सको टिमसंग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन् । उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का लगायत सहभागी थिए ।

कर्णाली याक्सबाट कम्तीमा ४ खेल खेल्ने शिखर दुई खेल खेलिसकेका छन् । पहिलो खेलमा १४ रन बनाएका शिखरले दोस्रो खेलमा अविजित ७२ रन बनाएका थिए । दुवै खेलामा कर्णाली पराजित भएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *