चीन भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे प्रेसनोट – Nepal Press

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे प्रेसनोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिन लामो चीन भ्रमण सकेर आज स्वदेश फर्किए । ओलीको यो भ्रमणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत चासोका साथ हेरिएको थियो ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा प्रधानमन्त्री ओली गत मंसिर १७ गते चीन प्रस्थान गरेका थिए । आज स्वदेश फर्किएपश्चात १४ बुँदे प्रेस नोट जारी गर्दै उनले भ्रमणको बारेमा जानकारी गराएका छन् ।

प्रधानमन्त्रीका अनुसार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरी द्वीपक्षीय हितका विविध विषयमा छलफल गरे । उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चिनीया प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबीच पनि द्वीपक्षीय वार्ता भएको थियो । उक्त वार्ताका क्रममा नेपाल र चनिबीचको सम्बन्धका विविध आयामहरुमा घनीभूत र हार्दिकतापूर्ण छलफल भएको प्रधानमन्त्रीले बताएका छन् ।

नेपाल र चीनबीच बीआरआइ फ्रेमवर्कसहित विभिन्न १० वटा सम्झौतामा हस्ताक्षर भएका थिए । यस्तै, चीन सरकारको तर्फबाट २०७२ सालदेखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग करिब २ अर्ब ७० करोड रुपैयाँका अतिरिक्त राष्ट्रपति चिनफिङद्वारा थप ५०० आरएमबी (करिब ९ अर्ब ३४ करोड रुपैयाँ) अनुदान को घोषणा भएको छ ।

प्रधानमन्त्री ओलीले चीन सरकारका तर्फबाट आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका राष्ट्रपति र जनतालाई धन्यवाद दिएका छन् ।

हेर्नुस् प्रेस नोट

 


प्रतिक्रिया

One thought on “चीन भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे प्रेसनोट

  1. काँग्रेसका केही नेताले किन ऋण पनि लिन सकिने गरि सम्झौता गरेको भनेर विरोध गर्न थालेको सुनियो । जसले विरोध गर्छ त्यो कि भारत कि अमेरिकाको दलाल हो भनेर चिनौं । हिल्सा सिमिकोट सडक नेपालले बनाउँदा, किमाथाङ्का तिर सडक र पुल बनाउँदा, विद्युत प्रसारण लाईन बनाउदा किन तिनलाई डाहा भएको ? कि नेपाल सधै गरिव नै भएर बसोस भनेको हो ? चीनतिर पहुँच नै नहोस भनेको हो ? प्रत्येक आयोजनाको अब डिपिआर बन्छ, लागत निस्कन्छ त्यसपछि स्रोत जुटाउने कुरा गर्दा केही रकम हामी जुटाओै, केही अनुदान मागौ, केही सहुलियतपूर्ण ऋण मागौ र काम फटाफट गरौं । त्यो पो नेपाली भएर सोचेको कुरा हो । कमर्सियल ऋण हामी लिदै लिन्नौं भनौ । भै गयो नि । सधै भारतले हेपेको सहेर बस्ने ? रूसलाई अमेरिकाले नाकाबन्दी लगाएपछि दुवै देशतिर चोचोमोचो मिलाएर भारत अहिले रूसबाट सस्तो तेल ल्याएर अलिअलि रिफाईन गरेर यूरोप र अमेरिका पठाएर पैसा कमाईरहेको छ । त्यसरी आएको तेल चाहिँ यूरोप र अमेरिकाले किनिदिएका छन् । भारतको सबैभन्दा धेरै आयात चीनबाट हुन्छ । यस वर्षको ९ महिनामा भारतले चीनबाट ११८ अर्ब डलरको सामान आयात गर्यो । महिन्द्रा गाडीले चीनको बिवाईडि भन्ने कम्पनिसँग ब्याट्री किनेर विजुली गाडी बनाउछ । अब भारत चाहिँ चिनियाँ विद्युतीय गाडी नेपालमा नआओस र भारतीय गाडी मात्र बेचौ भन्ने हिसाबले कुरा गर्दैछ । हाम्रोमा भएका नेता भनाउँदा उसैको दलाली गरेर किन चीनसँग सम्झौता गरेको भन्दैछन् । योभन्दा ठूलो दलालीको नमूना अरू के होला ? यस्ता नेता र पार्टीलाई चिनौ जनताले पनि । यिनै नेता हुन् देशलाई विकास हुन नदिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर