लैंगिक समावेशी कार्यस्थल विधामा एनएमबि बैंकले पायो अवार्ड – Nepal Press

लैंगिक समावेशी कार्यस्थल विधामा एनएमबि बैंकले पायो अवार्ड

काठमाडौं । एनएमबि बैंकले अवार्ड पाएको छ । सन् २०२४ को युएन वुमन एशिया-प्यासिफिक डब्लूईपीएस अवार्डअन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै बैंकलाई अवार्ड प्रदान गरिएको हो ।

यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरूप प्राप्त गरेको अवार्ड हो ।

युएन वुमन र युएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तिकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि प्रयास गरेको जनाएको छ ।

बैंकका प्रयासहरूमा ‘सी लिड्स टूमरो स्कलरसीप’, ‘एनएमबि नेस्टगेन बैंकिङ लिडर्स स्कलरसीप’ महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लूईपीएस अन्तर्गतको युएन वुमनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया-प्यासिफिक देशका छ सयभन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको छ ।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दिगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर